मध्य भोटेकोशीको न्यूनतम रेञ्जबाटै सेयर कारोबार
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो कारोबार प्रतिकित्ता १०० रुपैयाँमा भएको छ ।
नेप्सेले बिहीबार सेयर सूचीकरण गरेपछि आइतबार पहिलो कारोबार खुलेकोमा न्यूनतम कारोबार रेञ्जबाटै सेयर कारोबार खुला भएको हो ।
कम्पनीले पुस ८ गते बिहीवार धितोपत्र दोस्रो बजारमा ६ करोड कित्ता शेयर सूचीकृत गराएको थियो ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता ९४ दशमलव ३९ रुपैयाँ देखि २८३ दशमलव १७ रुपैयाँको मूल्य रेञ्ज तोकेको थियो । एमबीजेसी संटक संकेतबाट कम्पनीको शेयर कारोबार सुरु भएको छ ।













