कारोबार खुलेको पहिलो दिनमै १० प्रतिशतले बढ्यो मध्य भोटेकोशीको शेयरमुल्य
काठमाडौं । कारोबार खुलेको पहिलो दिनमै मध्य भोटेकोशी जलविद्युत् कम्पनीका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका हुन । आजबाट दोस्रो बजारमा कारोबारमा आएको कम्पनिले शेयर आज पहिलो दिन १० प्रतिशतका दरले कमाएका छन् ।
प्रि – ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको थियो । यो समाचनर तयार पार्दासम्म कम्पनिको शेयरमुल्य १० प्रतिशका दरले बढेर प्रत्तिकित्ता १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ओपन रेञ्ज रू.९४ दशमलव ३९ देखि २८३ दशमलव १७ तोकेकोमा १०० रुपैयाँमा पहिलो कारोबार भएको हो ।













