तरलता अभाव समाधान गर्न राष्ट्र बैंकले चालेका कदम
काठमाडौं । बैंकहरुमा तरलता अभाव बढ्दै गएपछि राष्ट्र बैंकले समाधानका लागि विभिन्न कदमहरु चालेको छ । बैंकहरुमा तरलता अभाव बढ्दै गएपछि कर्जा लगानी बन्द गरेका छन् भने निक्षेपको ब्याजदर नै बढाएका छन् । तर पनि बैंकहरुमा निक्षेप संकल बढेको छैन् ।
राष्ट्र बैंकले तरलता अभाव कम गर्नको लागि विभिन्न कदम चालेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पौष ५ गतेसम्ममा स्थायी तरलता सुविधामार्फत २५ सय अर्ब रुपैयाँ, ओभरनाइट रिपो मार्फत ६९ अर्ब रुपैयाँ, रिपो मार्फत २२० अर्ब रुपैयाँ र सोझै खरिद मार्फत २७ अर्ब रुपैयाँ प्रवाह गरेको छ ।
त्यस्तै, राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात २०७९ असारसम्ममा ९० प्रतिशतसम्म राख्नुपर्ने, पुनर्कर्जा सुविधा मार्फत चालु आवको हालसम्म ९२ अर्ब रुपैयाँ स्वीकृत गरेको छ । त्यसैगरी, नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरेको छ ।














