माघ १८ गतेदेखि क्यान इन्फोटेक हुँदै, प्रवेश शुल्क १ रुपैयाँमात्र
काठमाडौं । क्यान इन्फोटेक २०२२ माघ १८ गतेदेखि भृकुटीमण्डपमा हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले यो वर्ष क्यान इन्फोटेक आउदो माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने लागेको हो ।
महासंघले आइतबार काठमाडैंमा पत्रकार सम्मेलन गदै क्यान महासंघको २७ औं संस्करण माघ १८ गतेदेखि २३ गतेसम्म चल्ने जानकारी दिएको छ । सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक निति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले बर्षेनीे महासंघले क्यान इन्फोटेकसंचालन गदै आएको छ ।
महासंघले आफनो २७ औं संकरण गत बैसाख २८ गतेदेखि जेठ २ गतेसम्म हुने तयारी गरेपछि कोरोना संक्तमण उच्च भएकाले सरकारले लकडमउन गरेपछि अर्को निर्णय नभएसम्मको लागि स्थिगित गरेको थियो । सुचना प्रविधि तथा संचार प्रविधि (आईसीटी) बारे चेतना बढाउने उदेश्यदले क्यान इन्फोटेक २०२२ को पेपरलेस टिकट मुल्य १ रुपैयामा मात्र कायम गरिएको कम्पनिले जनाएको छ ।
२७ औं क्यान इन्फोटेकको शिर्षक प्रायोजनमा आईएमई पे र सह प्रयोजकमा स्मार्टच्वाइस टेक्नोलोजिजले गरेका छन् । त्यसैगरी आईएमई पे क्यान इन्फोटेक २०२२ इन एसोसिएसन विथ एससिटिको प्लाटिनम प्रायोजकमा वल्डिक कम्युनिकेशन्स,डाइमन्ड प्रायोजन डिसहोस फाइवनेट गोल्ड प्रायोजनमा नेपाल टेलिकम सिल्भर प्रायोजनमा नमस्ते पे र डिजिकम रहेका छन् ।
एसफ्टवारिका कलेज अफ आईटी एण्ड इकमर्स आईएमई पे क्यान इन्फोटेक २०२२ इन एशोसिएसनको इन्नोभेसन पार्टनरमा सनवे इन्टरर्नेशनल विजनेश स्कुल र एकाडेमिक पार्टनर, रिवानफुड एण्ड वेभरेज तथा अल्एलईडी डीजिटल डीसप्ले पार्टनर रहेका छन ।
सन् १९९२ मा स्थापना भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नेपालमा सूचना प्रविधि क्षेत्रमा कार्यरत जनशक्ति विज्ञ, संघ/संस्था र व्यवसायीहरुको छाता संगठन हो ।














