बीमा कम्पनिमा झुम्मिए लगानिकर्ता , ७१ अंकले उकालो लागेर ५ अर्ब १७ करोडको कारोबार - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

बीमा कम्पनिमा झुम्मिए लगानिकर्ता , ७१ अंकले उकालो लागेर ५ अर्ब १७ करोडको कारोबार



काठमाडौ । साताको पहिलो दिन आज आइतबार नेप्से भारी अंकले बढेको छ । यस दिन नेप्से ७१.२० अंकले बढेको हो । केही महिनादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक गत सोमबार नेपाल राष्ट्र बैंकले तरलता संकट कम गर्न स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्थाप गर्न निर्देशन दिएपछि बजार उकालो लागेको थियो । बीमा कम्पनिको पुँजी बढाउने हल्ला चलेपछि यस दिन सबै लगानिकर्ता बीमा समुहमा झुम्मिएका छन् ।

यस दिन ७१ अंक (२ प्रतिशत) ले बढेर नेप्से परिसुचक २५९१.४२ अंकमा पुगेर बजार बन्द भएको छ । यस दिन नेप्सेसंगै कारोबार रकम पनि उकालो लागेको हो । आज दिनभर २ सय ३१ कम्पनिका ८ करोड ६० लाख १ हजार ९ सय ५६ कित्ता शेयर ६२ हजार २१ पटक किनबेच हुदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस दिन सबै भन्दा बढि बीमा समुहका लगानिकर्ताले कमाएका छन् ।यस दिन १५ वटा विमा कम्पनि १० प्रतिशतका दरले बढेर सकारात्मक सर्किट लागेको छ । बीमा कम्पनीहरुको पुँजी बढाउने हल्ला चलेपछि सबै लगानिकर्ता बीमा कम्पनिका झुम्मीएका छन् ।

बीमा समितिले नयाँ कम्पनीको लाइसेन्स जारी गर्ने क्रममा जीवन बीमा कम्पनीको न्युनतम चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको साढे दुईदेखि तीन अर्ब रुपैयाँ बनाउने हल्ला चलेको छ ।

आज हाईड्रोपार र फाइनान्स बाहेक सबै समुहमा हरियाली छाएको छ । कम्पनिका लगानिकर्ताले क्रमश ०.१२ र १.१२ प्रतिशतका दरले गुमाएका छन् । त्यस्तै निर्जिवन विमा समुह ८.१७ प्रतिशतले र लाईफ इन्स्योरेनस ९.७८ प्रतिशतले बढेको छ । उत्पादन ५.५३, माईक्रोफाइनान्स ३.५६, लगानि ३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्