तीन कम्पनीको शेयरमूल्य समायोजन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

तीन कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंक, विजय लघुवित्त र महुली लघुवित्तको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।

यी तीन कम्पनीहरुले लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि आव्हान गरेको वार्षिक साधारण सभा प्रयोजनका लागि सोमवार बुक क्लोज गरेसँगै नेप्सेले बुक क्लोजपछिको मूल्य तोकेको हो ।

नेप्सेले एनसीसी बैंकको आइतवार कायम अन्तिम शेयरमूल्य रू. २८४ दशमलव ५० को आधारमा ८ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. २६३ दशमलव ४३ तोकेको हो ।

त्यस्तै महुली लघुवित्तको आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ८९३ को आधारमा २६ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार ५०२ र विजय लघुवित्तको आइतवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ५२७ को आधारमा २० दशमलव ०३ प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार २७२ दशमलव १८ तोकेको हो ।


प्रतिक्रिया दिनुहोस्