३ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन, कुनको कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

३ कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन, कुनको कति ?



काठमाडौं । तीन कम्पनिको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन रहेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था,महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलोपरको लाभांश आज सोमबारसम्म कायम शेयरधनीहरुले पाउँनेछन् । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि ३ कम्पनिले आज बुक क्लोज मिति तय गरेका छन् । तसर्थ आजसमम कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट २९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लगि १.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावि लाभांश पुस २५ गते केन्द्रीय कार्यालय नक्साल भगवतीबहाल, काठमाडौंमा दिउँसो १ बजबाटे शुरु हुने साधारण सभाले पारीत गर्ने छ ।

नेपाल हाइड्रो डेभलोपरले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर र ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस २८ गते डिल्लीबजारस्थित रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजेबाट सुरु हुने साधारण सभाले प्रस्तावि लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

त्यसैगरी, महालक्ष्मी विकास बैंकल गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २५ गते आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ बजे सभा शुरु हुने साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्