कारोबार खुलेको दोस्रो दिन मध्य भोटेकोशीको लगानिकर्ताले १० प्रतिशत कमाए - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कारोबार खुलेको दोस्रो दिन मध्य भोटेकोशीको लगानिकर्ताले १० प्रतिशत कमाए



काठमाडौं । कारोबार खुलेको लगातार दोस्रो दिन मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ । लगानिकर्ताले लगातार आज दोस्रो दिन पनि १० प्रतिशतका दरले कमाएका छन् ।

हिजो दोस्रो बजारमा कारोबारमा आएको शेयर हिजो र आज लगातार १० प्रतिशका दरले बढेको छ । यो समाचार तयार पार्दासम्म कम्पनिको शेयर १० प्रतिशतले बढेर प्रत्तिकित्ता १ सय २१ रुपैयाँ पुगेको छ ।

प्रि – ओपन सेसनमा कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पहिलो कारोबार भएको थियो । हिजो कम्पनिको शेयर १० प्रतिशका दरले बढेर प्रत्तिकित्ता १ सय १० रुपैयाँ पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस्