एक सातामा ४ अर्ब रुपैयाँ निक्षेप गायब, बैंकहरुले ३ अर्ब कर्जा लगानी गरे
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन ४ अबै रुपैयाँले घटेको छ । गत पौष २ गते ४२ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले पौष ९ गतेसम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
त्यस्तै, एक सातामा वाणिज्य बैंकहरुले ३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत पौष २ गते ४० खर्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पौष ९ गतेसम्म ३ अर्ब रुपैयाँ बढेर ४० खर्ब ८८ अर्ब रुपौयाँ कर्जा लगानी गरेका हुन् ।
त्यस्तै, मंसिर मसान्तसम्म ४२ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले पौष ९ गतेसम्म २ अर्ब रुपैयाँ घटेर ४२ खर्ब ३५ अर्ब रुपैयाँ मात्रै संकलन गरेका छन् । यता मंसिर मसान्तसम्म ४० खर्ब ८४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले पौष ९ गतेसम्म ४ अर्ब रुपैयाँले बढेर ४० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन् ।














