सिटिजन्स बैंकको शाखा रहित बैंकिङ्ग सेवा नवलपरासीको जर्गाहामा
काठमाडौ । सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा नवलपरासीको जर्गाहामा विस्तार भएको छ । देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका बैंकले नवलपरासी जिल्लाको सुनवल नगरपालिका, जर्गाहा मा यहि ८९ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ ।
उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मण आचार्य लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८९ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु दिदै आएको छ ।













