चमत्कार नभए एनबि बैकबाट ढुङ्गाना आउट, नबिलसँग मर्जर नभए पाण्डे सीईओ बन्ने !
काठमाडौं । नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यसै साता सकिदैँ छ । १० बर्ष अघि सीईओमा नियुक्त भएका ढुंगानाको कार्यकाल पौष १६ गते सकिनेछ ।
बैंकको सञ्चालक समितिको बैठकले सीईओ ढुंगानाको दोस्रो कार्यकाल भदौ २०७४ मा थपेको थियो । ढुंगानाले दुई कार्यकाल बैंकको सीईओ पदको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका ढुंगान सफल बैंकर मानिन्छन् ।
ढुझ्गानाकाे नेतृत्वले समस्यामा परेकाे एनबि बैंकलाई नियमित लाभांस दिने अवस्थामा पुर्याएकाे । हाल एनबि बैंकमा डेपुटी सीईओ रहेका सुरेन्द्र भुषण श्रेष्ठले बैंक सम्हाल्ने ल्याकत नभएकाे भन्दै सिनियर डेपुटी सीईओ नियुक्त गरेकाे छ ।
नबिल बैंक र नेपाल बङ्गलादेश बैंक मर्जर हुने सम्भावना प्रवल छ । तर प्रयास गर्दागर्दै ढुङ्गानाकाे कार्यकालमा नबिल बैंकसँग बङ्गलादेश बैंकको मर्जर नहुने देखिएकाे छ ।
नबिल बैंक र नेपाल बङ्गलादेश बैंकले यसै साता नै मर्जरका लागि एमओयू गर्ने तयारी रहेको स्रोतले बताएको छ । सम्भव भयो भने बिहीबारसम्म एमओयू गरेर बैंकबाट ढुंगानाले विदा लिनेछन् ।
यता ढुंगानाको कार्यकाल समाप्त भएपछि नेपाल बङ्गलादेश बैंकको सीईओ पद रिक्त रहनेछ । बैंकको सञ्चालक समितिले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा भुपेन्द्र पाण्डेलाई नियुक्त गरिसकेको छ ।
पाण्डेले माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने छन् । यदि नबिल बैंकसँग मर्जरको लागि एमओयू भयो पाण्डेलाई कामु सीईओको जिम्मेवारी दिइने बताईएकाे छ । यदि नबिलसँग मर्जरको प्रक्रिया अगाडि बढेन भने पाण्डेलाई नै सीईओमा नियुक्त गर्ने स्रोत बताउँछ ।
नेपाल बंगलादेश बैंकमा ४१ प्रतिशत शेयर बंगलादेशको आईएफसी बैंकको छ । आईएफसी बैंकले एक्जिट हुने निर्णय गरिसकेको छ । उक्त शेयर चौधरी ग्रुपले खरिद गरेर नबिलमा मर्ज गराउने तयारी छ । नबिलसँग मर्ज भएमा ज्ञानेन्द्र ढुंगानालाई असार पछि खाली हुने नबिल बैंककाे सीईओकाे रूपमा हेरिएकाे थियाे ।
कुनै चमत्कार नभएमा ढुङ्गाना विदा हुनेछन भने एनबि बैककाे कमाण्ड भुपेन्द्र पाण्डेले सम्हाल्नेछन् । यसअघि पाण्डे नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओमा कार्यरत थिए । राष्ट्रिय वाणिज्य बैंकबाट ३ वर्षअघि निफ्रा बैंकको डेपुटी सीईओमा नियुक्त भएका पाण्डेसँग २० वर्षे बैकिङ अनुभव छ । निफ्रा जस्तो ठूलो बैंकमा काम गरेका पाण्डे सानो बैंक फर्किनुलाई सीईओ बन्ने लाइनमा हेरिएको छ ।













