मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन
काठमाडौ. । मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले भोली बुक क्लोज मिति तय गरेको छ । तसर्थ आजसम्म कायम भएका शेयरधनीह्रुले प्रस्तावित लाभांश पाउनेछन् ।
बैकले पुस २८ गते बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरानमा १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव पारीत गर्ने छ ।
त्यस्तैगरी बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने सम्बन्धमा सम्पूर्ण प्रकृया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।













