नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब १२ करोडमा खुम्चीयो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ३ अर्ब १२ करोडमा खुम्चीयो



काठमाडौं । शेयर बजार २ अंकले ओरालो लागेको छ । यस दिन नेप्से २.६६ अंकले ओरालो लागेर बजार बन्द भएको छ । करिब १ सातापछि पुन ओरालो लाग्न थालेको बजारमा आज पनि पुन २ अंकको गिरावट आएको छ ।

यस दिन बजारमा नेप्से २ अंकले घटेर नेप्से परिसुचक २५१८.९९ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो सोमबार ७१ अंकले घटेको बजारमा आज भने झिनो अंकको गिरावट आएपनि कारोबार रकम भने खुम्चीएको छ । हिजो ५ अर्ब ६० करोड ७४ लाख ३१ हजारको कारोबार भएकोमा आज घटेर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

मंगलबार व्यापार, विकास बैंक, हाईड्रोपावर, फाइनान्स, उत्पादन र अन्य समुह बढेको छ । त्यस्तैगरी निर्जिवन विमा समुह, जिवन विमा, माईक्रोफाइनान्स, होटल एण्ड टुरीजम, बैकिङ्ग, लगानि र मअचुअल फन्ड समुहहरु ओरालो लागेको छ ।

केही महिना यता भारी अङ्कले ओरालो लागेको बजार गत सोमबार नेपाल राष्ट्र बैङ्कले तरलता सङ्कट कम गर्न स्थानीय सरकारको सञ्चित कोषबाट ८० प्रतिशत रकम निक्षेप राख्न पाउने व्यवस्था गर्न निर्देशन दिएपछि १ हप्ता बजार उकालो लागेको थियो । फेरी हिजो बाट १ हप्तापछि शेयर बजार पुन ओरालो तर्फ लागेको छ । हिजो ७१ अंकले ओरालो लागेको बजार आज पनि उतारचडावका विच २ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्