एनबि बैंकका सीईओ सहित अन्य हाकिमको तलव तथा भत्ता १७ करोड ९ लाख रुपैयाँ, संचालकको भत्ता कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनबि बैंकका सीईओ सहित अन्य हाकिमको तलव तथा भत्ता १७ करोड ९ लाख रुपैयाँ, संचालकको भत्ता कति ?



काठमाडौं । नेपाल बङ्गलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुंगानाको बार्षिक आम्दानी साढे एक करोड रुपैयाँ रहेको छ । सीईओ ढुंगानाले गत आर्थिक बर्ष २०७७–७८ मा १ करोड ४१ लाख रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका हुन् ।

त्यस्तै, बैंकका प्रबन्धक तहका कर्मचारीले गत आर्थिक बर्ष २०७७–७८ मा तलव वापत ५ करोड २५ लाख ९० हजार ८५ रुपैयाँ र भत्ता वापत १० करोड ४२ लाख २५ हजार ५७७ रुपैयाँ गरी कूल १५ करोड ६८ लाख १५ हजार ६६२ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका छन् ।

नेपाल बङ्गलादेश बैंकका सीईओ सहित प्रबन्धक तहका कर्मचारीले गत आर्थिक बर्षमा १७ करोड ९ लाख १५ हजार ६६२ रुपैयाँ पारिश्रमिक, भत्ता तथा सुविधावापत बुझेका छन् ।

सञ्चालकहरुले भने गत आर्थिक बर्ष २०७७–७८ मा बैठक भत्ता (समितिको बैठक भत्ता समेत ) वापत २४ लाख ९२ हजार ५ सय रुपैयाँ बुझेका छन् ।

गैर कार्यकारी सञ्चालकको मातहतमा लेखापरीक्षण समिति गठन गरिएको छ । समितिको क्षेत्राधिकार कम्पनी ऐन २०६३ तथा नेपाल राष्ट्र बैंकको निर्देशनमा तोकिए बमोजिमको रहेको छ । समितिका संयोजक एवं सदस्यलाई समितिको बैठकमा उपस्थित भए वापत प्रति बैठक भत्ता स्वरुप १४ हजार रुपैयाँ भुक्तानी दिने गरिएको छ ।

बैंकको आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक बर्षमा कूल कर्मचारी खर्च १ अर्ब २१ करोड ४ लाख ५१ हजार २३४ रुपैयाँ रहेको छ भने कुल कार्यालय संचालन खर्च ५६ करोड ६४ लाख २३ हजार ८४१ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्