हिमालयन बैंकसँग गाभिन इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले विशेष साधारण सभा बोलाएको छ । बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पारितका गर्नको लागि विशेष साधारणसभा बोलाएको हो । बैंकले हिमालयन बैंकसँग गाभिने एजेण्डा पारितका लागि माघ ४ गते विशेष साधारणसभा बोलाएको हो ।
बैंकको सभाले टीआर उपाध्याय एण्ड कम्पनीले दिएको सम्पूर्ण सम्पत्ति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रतिवेदन पारित गर्नेछ । दुवै बैंकको सेयर आदानप्रदान अनुपात एक बराबर एक आएको छ । विशेष साधारणसभाबाट मर्जरका बाँकी काम सक्ने सबै अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव पनि पारित गरिने छ ।
मर्जरपछि बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक हुने छ ।
साधारणसभाबाट एजेण्डा पारित भएपछि दुवै बैंक अन्तिम सम्झौता गरेर एकीकृत कारोबारका लागि राष्ट्र बैंक जाने छन् । हिमालयन बैंकको पौष ३० गतेको नियमित वार्षिक साधारणसभामा नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्ने छ ।













