गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँट - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँट



काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले गत मंसिर १६ गतेदेखि पुस १ गते सम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको हो । सात वर्ष समय अवधीकोे वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको “गरिमा डिवेन्चर, २०८५” हिजो बाँडफाँट भएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
१ अर्ब रुपैयाँ ऋणपत्र जारीगरेपछि चुक्ता पुजी ५ अर्ब रहेको छ भने जारी पूँजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार रहेको छ ।

ऋणपत्र विक्री प्रबन्धक तथा निकाशनमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्