सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ सुवेदी पक्राउ - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ सुवेदी पक्राउ



काठमाडौं । रकम हिनामिना प्रकरणमा सप्तकोशी डेभलपमेन्ट बैंकका सीईओ पक्राउ परेका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बैंकको १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार सीईओ सुवेदीलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो । बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको थियो ।

यसअघि प्रहरीले हिनामिनामा संलग्न भएको आरोपमा प्रहरीले बैंकका कर्मचारी हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । सीईओ सुवेदीको पनि संलग्नता देखिएपछि अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको थियो । अनुसन्धानका क्रममा बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको खुलेको थियो । पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले सीईओ पनि शंकाको घेरामा थिए ।

यसअघि बैंकको रकम हिनामिना भएको भन्दै छाविनका लागि नेपाल राष्ट्र बैंकका उजुरी परेको थियो । बैंकको रेमिट शाखाबाट हिनामिनामा भएको रकम बबिता सुवेदीको नाममा १४ करोड रुपैयाँभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सीईओ सुवेदीकी दिदी हुन् । भट्टराई पनि सीईओ सुवेदी फुपुका छोरा हुन् ।


प्रतिक्रिया दिनुहोस्