गत साता १६२ अंकले बढेको नेप्से परिसुचक यो साता ४ अंकमा खुम्चीयो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गत साता १६२ अंकले बढेको नेप्से परिसुचक यो साता ४ अंकमा खुम्चीयो



काठमाडौं । यो साता नेप्से परिसुचक ४ अंकले उकालो लागेको छ र गत साता १ सय ६२ अंकले बढेको नेप्से परिसुचक यो साता ४ अंकले उकालो लागेर २५२४.५० अंकमा पुगेर बजार बन्द भएको छ । यो साता ४ दिन मात्र शेयर कारोबार भएको हो । आज बिहिबार तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले यस दिन शेयर बजार बन्द रहेको छ ।

साताको पहिलो दिन आइतबार शेयर बजारमा उछाल आएको थियो । यस दिन बजार ७१ अंकले बढेर नेप्से परिसुचक २५९१.४२ अंकमा पुगेरब जार बन्द भएको थियो । त्यस दिन ८६ लाख १ हजार ९ सय ५६ कित्ता सेयर किनबेच हुदा ५ अर्ब १७ करोड ३२ लाख ५ सय ३ रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

त्यस्तै सोमबार भने एक सातापछि बजार पुन ओरालो लागेको थियो । गत अघिल्लो सोमबारबाट १ हप्ता भारी अंकले आरोलो लागेको बजार सोमबार बाट पुन ओरालो लागेको थियो । त्यस दिन बजार ६९ अंकले ओरालो लागेर परिसुचक २५२१.६५ अंकमा पुगेर बजार बन्द भएके थियो । त्यस दिन ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँ बराबरको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर कारोबार भएको थियो ।

साताको तेस्रो दिन मंगलबार पनि शेयर बजारमा सामान्य गिरावट आएको थियो । त्यस दिन बजार २ अंकले ओरालो लागेर परिसुचक २५१८.९९ अंकमा बजार बन्द भएको हो । त्यस दिन शेयर कारोबार रकम घटेर ३ अर्ब १२ करोडमा सिमित भएको हो ।

त्यस्तै साताको अन्तिम दिन हिजो बुधबार बजार सामान्य अंकले बढेको थियो । बुधबार ५ अंकले बढेर परिसुचक २५२४.५० अंकमा पुगेको छ । यस दिन ३ अर्ब ६२ करोड रुपैयाँ शेयर कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्