सनराइज बैंकको साधारण सभा सम्पन्न, शेयरधनी मालामाल बने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकको साधारण सभा सम्पन्न, शेयरधनी मालामाल बने



काठमाण्डौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा पुस १५ गते बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंककोे चुक्ता पूँजीको ६.६५% का दरले हुन आउने रकम ६३ करोड ९ लाख ४८ हजार तीन ३०९ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.३५% दरले हुन आउने रकम ३ करोड ३२ लाख ७ हजार ८०५ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिष्ठित व्यावसायिक घरानाहरु संस्थापक तथा कुशल व्यवस्थापक रहेको यस बैठक मिति २०६४ साल आश्विन २५ मा स्थापना भएको हो । बैंकको हाल चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ रहेकोमा यस साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजीमा बृद्धि गरी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ कायम हुन गएको छ ।

साथै सनराइज बैंक लि. र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वा वैदेशिक रणनीतिक साझेदारीमा जानका लागि चल अचल सम्पत्ती तथा दायित्व र कारोबारको मूल्याङ्कन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धीको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो पक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यलाई निरन्तरता दिदैं यस बैकले हाल १३९ वटा शाखा, ८३ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम मार्फत् आफ्ना ८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्र्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्