५ महिनापछि बैंकिङ क्षेत्रमा पुन तहक्ला, कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की
काठमाडौं । कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने चेतावनी आएको छ । साउदी ग्रुप नाम गरेको इमेलबाट बैंकको कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की सहित चेतावनी दिएको हो । बैंकलाई यस्तो धम्की बिहीबार बिहान आएको बैंकले जनाएको छ । यस्तो धम्की आएपछि बैंकले सबै सिस्टम बन्द गरेको बैंकले जनाएको छ ।
बैंकले कसले र किन धम्की दिएको भन्ने थाहा नभएको बताएको छ । सबै सिस्टम ठिक रहेको र केही समयपछि अन गर्ने बैंकले जनाएको छ ।
७ महिना अघि नेपाल राष्ट्र बैंकसहित नेपालका १५ वटा वाणिज्य बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने धम्की सहितको म्यासेज आएको थियो । उक्त समयपश्चात पुन कुमारी बैंकको सबै सिस्टम ह्याक गर्ने धम्की सहितको चेतावनीले बैंकिङ क्षेत्रमा ब्यापक तहल्का मच्चाएको छ ।
यसअघि साउन ७ गते ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, सानिमा बैंक, नेपाल एसबीआइ बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकको नाम उल्लेख थियो ।













