७ श्रावण २०८३, बिहिबार

नबिल बैंक सहित ५ ओटा कम्पनीको शेयरमूल्य समायोजन



काठमाडौं । नविल बैंक् सहित ५ कमपनिको शेयरमुल्य समायोजन भएको छ । आज शुक्रबार ५ कम्पनिको शेयरमुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लेसमायोजन गरेको हो ।

यस दिन नबिल बैंक, कृषि विकास बैंक, फरवार्ड लघुवित्त वित्तीय संस्था, गुडवील फाइनान्स र हिमालयन डिष्टिलरी लिमिटेडको मूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि ५ कम्पनिले बुक क्लोज गरेका थिए । नेप्सेले नबिल बैंकको ३३.६० प्रतिशत बोनस शेयरको समायोजनपछि १ हजार ८५ रुपैयाँ तोेकेको छ । अन्तिम कारोबार दिन अर्थात बुधबार बैंकको शेयर प्रत्तिकित्ता १ हजार ४५० मा कारोबार भएको थियो ।

त्यसैगरी कृषि विकास बैंकको २० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ४१०कायम भएको छ । अघिल्लो कारोबारको दिनको बुधबार ४९२ रुपैयाँमा शेयर कारोबार भएको थियो । यसैको आधारमा रहेर नयाँ मुल्य समायनेजन भएको हो ।

हिमालयन डिष्टिलरीको ७५ प्रतिशत बोनस शेयरको समायोजनपछि नेप्सेले शेयरमूल्य ३ हजार ९२५.७१ रुपैयाँ नयाँ मुल्य तोकेको छ । बुधबार ३ हजार ८७० मा अन्तिम कारोबार भएको थियो ।

फरवार्ड लघुवित्त वित्तीय संस्थाको ३५ प्रतिशत बोनस शेयरको समायोजनपछि १ हजार ९६२.९६ रुपैयाँ काया भएको छ । बुधबार लघुवित्तको शेयर २ हजार ६ सय ५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यसैको आधारमा नेप्सेले नयाँ मुल्य समायोजन गरेको हो ।

त्यस्तै गुडवील फाइनान्सको ९.१० प्रतिशत बोनस शेयरको समायोजन पछि ५३३.४६ रुपैयाँ नयाँ मुल्य तोकीएको छ । बुधबार फाइनानसको शेयर ५८२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । यसैको आधारमा नेप्सेले नयाँ मुल्य तोकेको हो ।

५ वटै कम्पनकिा शेयर समायोजीत मुल्यको आधारमा रहेर आइतबारबाट दोस्रो बजारमा कारोबारमा आउने छ ।


प्रतिक्रिया दिनुहोस्