एनएमबि बैंक र हिमालय दृश्य होटेल धुलिखेल बीच सम्झौता - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनएमबि बैंक र हिमालय दृश्य होटेल धुलिखेल बीच सम्झौता



काठमाडौं । एनएमबि बैंक र हिमालय दृश्य होटेल धुलिखेल बीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुबिधामा २० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको हो ।

सम्झौतापत्रमा एनएमबि बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाईरेक्टर सेल्स एण्ड मार्केटिङ्ग बबिता पाण्डेले हस्ताक्षर गरेका हुन् । अत्याधुनिक बैँकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य अतिरिक्त सेवामा पनि सहजता मिलोस् भन्ने उद्देश्यले एनएमबि बैंकले छुटको लागी सहकार्य गरेको हो ।

बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।


प्रतिक्रिया दिनुहोस्