दोस्रो बजारमा साधारण शेयर जस्तै संस्थापक शेयरको कारोबार गर्न सिबिफिनको माग
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले संस्थापक शेयर खरिद बिक्री गर्न पाउने पर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ । सिबिफिनले बुधबार पत्रकार सम्मेलन गर्दै बैक तथा वित्तीय संस्थाका अप्ठ्यारा तथा चुनौतीहरु सम्बोधनका लागि सुझावहरु २०७८ को सार्वजनिक गर्दै साधारण शेयर खरिद बिक्री गर्ने व्यवस्था बाफियामा उल्लेख भएपनि संस्थापक शेयर खरिद बिक्री गर्ने प्रक्रिया अगाडि नबढाएको हुँदा यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताएको हो ।
फिट एण्ड पर्पार टेस्ट का लागि आवश्यक प्रक्रिया तोकि संस्थापक शेयरलाई पनि साधारण शेयर जस्तै दोस्रो बजारमा सूचीकृत गरी खरिद बिक्री गर्न सक्ने व्यवस्था मिलाउन सुझाव दिएको हो । जसले गर्दा केही ब्यक्ति वा समूहमा शेयर केन्द्रितकृत जोखिम न्यूनिकरण भएर बिबिधिकरण हुने र बजार पूँजीकरण मूल्य पनि यथार्थपरक हुने सुझाव दिएको हो ।
त्यस्तै, क बर्गका बैंकहरुले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर विदेशमा सम्पर्क–प्रतिनिधि कार्यालय खोल्न सक्ने व्यवस्था भएपनि शाखा खोल्ने व्यवस्था नभएकाले त्यो व्यवस्था मिलाउन सुझाव दिएको हो । यसो गर्दा नेपाली बैंकहरुले भारत, चीन, खाडी राष्ट्रहरु लगायतका देशमा शाखा खोलि नेपालको व्यापार व्यवसायमा थप योगदान पुग्ने सिबिफिनको सुझाव छ ।













