५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?
काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यस दिन २ लघुवित्त कम्पनि १ बैंक सहित ५ कम्पनिको लाभांश सुरक्षीत गर्ने अन्तिम दिन रहेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, प्रोग्रेशिभ फाइनान्स, सेञ्चुरी कमर्सियल बैंक र कालिका पावर कम्पनीको आजसम्म कायम शेयरहधनीह्रुले प्रस्तावित लाभांश पाउनेछन् ।
साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि आज ५ वटै कम्पनिले बुक क्लोज गदैछन् । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।
सेञ्चुरी कमर्सियल बैंक
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि पुस १९ गते भोली बुक क्लोज गदैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले ५.७५ प्रतिशत बोनस शेयर र ०.३० प्रतिशत नगद लाभांश पाउने छन् ।प्रस्तावित लाभांश वितरण गर्न बैंकले पुस ३० गते आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा साधारण सभा गदै छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था
कम्पनिले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गतेसम्म बुक क्लोज गदै छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले २० प्रतितशत बोनश शेयर पाउने छन् ।प्रस्ताव लाभांश पारित गर्नका लागि कम्पनीले पुस २९ गते होटल सारथि धुलिखेल, काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे साधारण सभा डाकेको छ ।
मिथिला लघुवित्त वित्तीय संस्था
लघुवित्तले साधारण सभा प्रयोजनको लागि पुस १९ गते बुक क्लोज गर्नेछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले २५ प्रतिशत बोनस शेयर र कर प्रयमेजनको लागि १.३१ प्रतिशत नगद लाभांश गरि कुल २६.३१ प्रतिशत लाभांश पाउने छन् । प्रस्तावीत लाभांश पारीत गर्नका लागि कम्पनीले पुस २९ गते न्यू बौवा होटल एण्ड गेष्ट हाउसको सभा हल मिथिला नगरपालिका १० लालगढ, धुनषामा बिहान ११ बजेबाट साधारण सभा गर्ने छ ।
प्रोगेशिभ फाइनान्स
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १९ गते भोली बुक क्लोज गदैछ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले ७ प्रतिशत बोनस शेयर र ०.३६८४ प्रतिशत नगद लाभांश पाउनेछन् ।प्रस्तावीत लाभांश पारीत गर्न कम्पनीले पुस ३० गते ज्यापू प्रज्ञा भवन भोल गणेश ललितपुर, वडा नं ९ ललितपुरमा दिउँसो १ बजे साधारण सभा डाकेको छ ।
कालिका पावर कम्पनी
कम्पनिले पनि साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गदै छ । तसर्थ आजसम्म कायम भएका शेयरधनीहरुले १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश पाउने छन् । प्रस्ताव लाभांश पारित गर्न कम्पनीले पुस ३० गते कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर–१० चितवनमा साधारण सभा बोलाएको छ ।













