तीन कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । आइतबार नेप्सेले सिद्धार्थ बैंक, आरएमडिसी लघुवित्त र सेन्ट्रल फाइनान्सको शेयरमूल्य समायोजन गरेको हो । साधारण सभा तथा लाभाँश वितरण प्रयोजनको लागि ३ कम्पनिको बुक क्लोजगरेसंगै ३ कम्पनिको शेयरमुल्य समायोजन भएको हो ।
सिद्धार्थ बैंकको १४.२५ प्रतिशत, आरएमडिसी लघुवित्तको २० प्रतिशत र सेन्ट्रल फाइनान्सको ७.७० प्रतिशत बोनस शेयर समायोजनपछिको मुल्य निर्धारण भएको छ । प्रस्तावित बोनश समायोजन पछि सिद्धार्थ बैंकको शेयरमूल्य ४०६ रुपैयाँ १३ पैसा, आरएमडिसी लघुवित्तको १ हजार १४३ रुपैयाँ ३३ पैसा र सेन्ट्रल फाइनान्सको ३८२ रुपैयाँ ८ पैसा नयाँ मुल्य कायम भएको छ ।
अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा सिद्धार्थ बैंकको शेयर प्रतिकित्ता ४६४ रुपैयाँ, आरएमडिसस् लघुवित्तको १ हजार ३७२ रुपैयाँ र सेन्ट्रल फाइनान्सको ४११ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो । यसैको आधारमा नेप्सेले शेयरमुलय समायोजन गरेको हो । समायोजित मुल्यको आधारमा दोस्रो बजारमा कारोबार खुल्ने छ ।













