बैंकिङ क्षेत्रमा वित्तीय अवस्था खस्कनुका कारण यस्ता छन्
काठमाडौं । बैंकिङ क्षेत्रमा वित्तीय अवस्था खस्कनुका कारण विभिन्न रहेका छन् । बैंक तथा वित्तिय संस्थाका अफ्ठयारा तथा चुनौतीहरु र सम्बोधनका लागि सुझावहरु, २०७८ सिबिफिनको प्रतिवेदनमा बैंकिङ क्षेत्रमा वित्तीय अवस्था खस्कनुका कारण प्रस्तुत गरेको छ ।
उक्त प्रतिवेदनमा वि. सं. २०४६ सालको प्रथम जनआन्दोलनपछि निर्वाचित सरकारले २०४८ (सन् १९९०) मा खुल्ला अर्थनीति अवलम्बन गरेको बिषय प्रस्तुत गरेको छ ।
त्यो भन्दा अगाडि सन् १९८० को दशकतिरबाटै विस्तारै खुल्ला अर्थव्यवस्था अवलम्बन गर्न थालिएको थियो । भने एकातिर, निजी क्षेत्रका बैंकहरु खुल्दै र बढ्दै गए भने अर्कोतिर, सरकारी बैंकहरुको कार्य सम्पादन कमजोर हुँदै जान थालेको उक्त प्रतिवेदनमा पस्तुत गरेको छ ।
त्यसरी वित्तीय अवस्था नाजुक अवस्थामा पुग्नुका केही कारणहरु यस्ता छन्
-सरकारी बैंकहरु परम्परागतरुपले संचालन हुनु,
-आधुनिक बैंकिङ प्रणाली भित्र्याउन ढिलाई गर्नु,
-कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य नहुनु,
-कर्जा अनुगमन र नियन्त्रणका लागि नीति र कार्यविधि नहुनु,
-संस्थागत सुशासनको अभाव हुनु,
-व्यावसायिक रणनीति नहुनु,
-व्यवस्थापन सूचना प्रणाली प्रभावकारी नहुनु,
-अन्तर्राष्ट्रिय असल बैंकिङ अभ्यास सम्बन्धी ज्ञान भएका कर्मचारी व्यवस्थापकीय जिम्मेवारीमा नहुनु, आदि ।
विस्तारै सरकारी बैंकको व्यवस्थापनमा राजनैतिक हस्तक्षेप हुने प्रवृतिको विकास भएसँगै टे«ड युनियन संस्कृति पनि मौलाउन थाल्यो ।राजनीतिक दबावबाट सरकारी बैंकबाट कर्जा लिने, ऋणीहरु पनि अनुशासनमा नबस्ने र समयमै कर्जा चुक्ता नगर्नेजस्ता थुप्रै कारणले सरकारी बैंकको वित्तीय अवस्था खस्किएको उल्लेख गरेको छ । ।













