७ श्रावण २०८३, बिहिबार

बैंक अफ काठमाण्डूले ल्यायो बिओके स्मार्ट बचत खाता



काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बिओके स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले BOK Smart Savings Account सञ्चालनमा ल्याएको हो ।

“कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहकलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको हो ।

उक्त बचत खाता ग्राहकहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नेछन् । यस बचत खाता खोल्दा ग्राहकहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा, BOK e-com DollarCard जारी शुल्कमा ५०% को छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नेछन् ।
थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहकको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्