राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुमा १ अर्ब ७५ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार अवकाश कोष अन्तर्गत पेन्सन तथा उपदान कोषमा रहेको रकम ३६६ दिने मुद्दती निक्षेपको रुपमा २०७८ माघ ३ गतेदेखि २०७९ माघ ३ गतेसम्मको लागि रकम राख्न प्रस्ताव आव्हान गरेको हो ।

वाणिज्य बैंकहरूको लागि १ अर्ब ४० करोड, विकास बैंकहरूको लागि २६ करोड २५ लाख र फाइनान्स कम्पनीहरूको लागि ८ करोड ७५ लाख रुपैयाँ रुपैयाँ रकम लगानी गर्न प्रस्ताव माग गरिएको हो । रकम लगानी गर्न चाहने इच्छुक तथा फाइनान्स कम्पनीहरूले पौष २० गते अपरान्ह ४ बजेसम्म आवेदन दिनुपर्ने छ ।


प्रतिक्रिया दिनुहोस्