दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस २० गते मंगलबार बुकक्लोज गर्दैछन् ।

यसअनुसार पुस १९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् । यसअनुसार आजसम्म सेयरधनी कायम भएका सेयरधनीले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

आइतबार धितोपत्रको दोस्रो बजारमा सिभिल बैंकको सेयर प्रतिकित्ता २४६.५० रुपैयाँ र रिलायन्स फाइनान्सको ४९४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

सिभिल बैंकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेप्रस्ताव गरेको छ ।

सिभिल बैंकले लाभांश र मर्जर तथा प्राप्ती प्रस्ताव पारित गर्न प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

यस्तै फाइनान्सले पुस ३० गते, आफ्नो केन्द्रीय कार्यालय, प्रर्दशनीमार्गमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांश प्रस्तावका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्