७ श्रावण २०८३, बिहिबार

३२ अंकले बढ्यो नेप्से, ४ अर्ब ५३ करोडको कारोबार



काठमाडौ । साताको दोस्रो दिन आज सोमबार नेप्से ३२ अंकले ओरालो लागेको छ । हिजो आइतबार ६० अंकले बढेको नेप्से यस दिन ३२ अंकले बढेर नेप्से परिसुचक २६१६.९४ अंकमा पुगेर बजार बन्द भएको छ ।

यस दिन उत्पादन बाहेक सबै समुह उकालो लागेको छ । आज दिनभर २ सय ३० कम्पनिको ८ करोड २ लाख ५ हजार ५२ कित्ता शेयर ५४ हजार ५ सय ५ पटक किनबेच हुदा ४ अर्ब ५३ करोड ३० लाख १७ हजार १ सय ७९ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सोमबार सबैभन्दा बढि व्यापार समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन् । व्यापार समुह १८६.५४, माईक्रोफाइनान्स १४५, जिवन विमा ९३, विकास बैंक ७३, निर्जिवन विमा समुह ६१, फाइनानस ४२, बैकिङ्ग २५, होटल एण्ड टुरीजम २३ अंकले उकालो लागेको छ । आज उत्पादन समुह मात्र २ अंकले ओरालो लागेको छ ।


प्रतिक्रिया दिनुहोस्