मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश, १ दशकमा शेयरधनीले २२९ प्रतिशत बोनश शेयर पाए, नगद कति ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश गरेको छ । १६ औं वर्षमा प्रवेश गरेको बैंकले आफना शेयरधनीहरुलाई आर्थिक वर्ष २०६८/६९ देखि हालसम्म ३८ प्रतिशतदेखि ११ प्रतिशतसम्म बोनश शेयर वितरण गरेको हो
बैंकले आर्थिक वर्ष २०७०/७१ मा सबैभन्दा बढि ३८ प्रतिशत बोनश शेयर वितरण गरेको हो । आव २०७६/७७ मा सबैभन्दा कम ११ प्रतिशत बोनश शेयर वितरण गरेको थियो ।
यसरि बैकले १ दशकमा आफना शेयरधनीहरुलाई २१२.२५ प्रतिशत बोनश शेयर वितरण गरेको छ भने आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट१७.५७५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारीत भैसकेको छ । त्यस्तैगरी ४५.८३ प्रतिशत नगद लाभांश बैंकले हालसम्म वितरण गरेको छ भने ०.९२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
यस्तो छ आर्थिक वर्ष २०६८/६९ सालदेखि हालसम्म वितरण गरेको लाभांश :














