७ श्रावण २०८३, बिहिबार

अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर नेप्से सूचीकृत



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । स्टकका अनुसार अरुण भ्यालीको चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर सूचीकृत भएको हो ।

कम्पनीको गत असोज २४ गते सम्पन्न चौबिसौँ वार्षिक साधारण सभाले उक्त बोनस अनुमोदन गरेको थियो । सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । चौबिसौं वार्षिक सभाले चुक्ता पूँजीको पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेको थियो । यसअनुसार असोज १० गतेसम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहेका सेयरधनीले मात्र बोनस पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्