७ श्रावण २०८३, बिहिबार

सनराइज बैंकको सम्पूर्ण बचत खातामा सम्पूर्ण सुबिधा



काठमाडौं । सनराइज बैंकले आफ्नो ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै नयाँ बचत खाता संचालनमा ल्याएको छ । सनराइज सम्पूर्ण बचत खातामा ग्राहकहरुले उच्चतम ब्याजदर पाउनका साथै विभिन्न सेवाहरुको फाइदा लिन सक्ने छन् ।

उक्त खातामा बैंकले पाँच वर्षका लागि निशुल्क मोबाइल बैंकिङ्ग र भिसा डेबिट कार्ड दिने छ । साथै एक वर्षका लागि डिम्याट खाता र मेरो शेयरको शुल्क नलाग्ने र अन्तर्राष्ट्रिय भिसा यात्रा कार्ड जारी गर्ने शुल्कमा ५० प्रतिशत छुट समेत प्राप्त गर्न सक्ने छन् ।

यस बचत खातामा ग्राहकहरुले ८० हजार रुपैयाँसम्मको अस्पताल भर्ना खर्च र २० हजार रुपैयाँसम्मको ओपीडी खर्च बिमाका साथै ५ लाख रुपैयाँ सम्मको दुर्घटनाको बिमा सुबिधा पाउनेछन् ।

बैंकका अनुसार अस्पताल भर्ना बिमा वर्षमा ३ पटकसम्म दाबी गर्न सकिने छ । यस स्वास्थ्य बिमा योजना भारतका विभिन्न अस्पतालहरुमा उपचार गराउँदा समेत दाबी गर्न सकिने छ ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटिएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्