२ अर्ब ४२ करोडको हकप्रद शेयर निष्कासनको पाइपलाईमा ४ कम्पनी
काठमाडौँ । ४ कम्पनीले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नियमक निकाय नेपाल धितोपत्र बोर्डमा ४ कम्पनीले २ अर्ब ४२ करोड १९ लाख रुपैयाँ बराबरको २ करोड ४० लाख २० हजार ३ सय ९० कित्ता हकप्रद शेयर निष्कासन गर्न आवेदन दिएका हुन ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, अपि पावर कम्पनी लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, र नेपाल फाइनान्स हकप्रद शेयर निष्कासनको पाईपलाईनमा रहेका छन् ।
१ शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
शिखर इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डमा इन्स्योरेन्सले गत जेठ २५ गते निवेदन दिएको छ । बोर्डबाट स्विकुत पाएपछि कम्पनीले १०ः३० को अनुपातमा ३० प्रतिशतले हुने ५२ करोड ७५ लाख रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनिको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडले रहेको छ ।
२ अपि पावर कम्पनी लिमिटेड
अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन बोर्डमा निवेदन पेस गरेको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डका कम्पनीले असोज २५ गते निवेदन पेस गरेको हो । बोर्डबाट स्विकुत पाएपछि कम्पनीले १ः०.३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित १ अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
३ आईएमई जनरल इन्स्योरेन्स
इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।नियामक निकाय नेपाल धितो पत्र बोर्डमा इन्स्योरेन्सले भदौ १७ गते निवेदन दिएको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले हाल कायम चुक्ता पुजीको ४० प्रतिशतले हुने ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनिको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
४ नेपाल फाइनान्स कम्पनी लिमिटेड
नेपाल फाइनान्सले धितो पत्र बोर्डमा १ः०.७० को अनुपातमा ७० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न कार्तिक १ मा आवेदन दिएको छ । बोर्डबाट स्विकुत प्राप्त गरेसङै फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनिको हकप्रद सेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।













