७ श्रावण २०८३, बिहिबार

शेयर बजारमा ३० अंकको गिरावट, ४ अर्ब ६२ करोडको कारोबार



काठमाडौं । शेयर बजारमा ३० अंकको गिरावट आएको छ । बुधबार शेयर बजार ३०.७५ अंकले ओरालो लागेर नेप्से परिसुचक २६४९.२० अंकमा पुगेर बजार बन्द भएको छ । यस दिन फाइनान्स र हाईड्रोपावर बाहेकका सबै समुह राताम्मे भएको छ । २ कम्पनिका लगानिकर्ताले क्रमश २.११ र १४.०७ अंकले बढेको हो ।

यो साता लगातार ३ दिन उकालो लागेको नेप्से आज बुधबार भने ओरालो लागेको हो । आज दिनभर २ सय ३६ कम्पनिको ९ करोड ५५ लाख ९ हजार ४ सय २९ कित्ता शेयर ५८ हजार ५ सय ७२ पटक किनबेच हुदा ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५ सय ८३ रुपैयाँको शेयर कारोबार भएको छ ।

सबैभन्दा बढि निर्जिवन विमा समुहका लगानिकर्ताले गुमाएका हुन उक्त समुह २२८ अंकले घटेको हो । त्यस्तै बैकिङ्ग २७.७९, व्यापार ५०.२६, होटल एण्ड टुरीजम ६९.६९,विकास बैंक ७९.८६, उत्पादन ५१.८६, अन्य ३.२, माईक्रोफाइनान्स ११०, जिवन विमा ५६, मअचुअल फन्ड ०.१५, र लगानि १.२९ अंकले ओरालो लागेको हो ।


प्रतिक्रिया दिनुहोस्