ज्योति विकास बैंकद्धारा ट्राफिक लाईट हस्तान्तरण
काठमाडौं । ज्योति विकास बैंकद्धारा ट्राफिक लाईट हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रर्वद्धन कोष” मार्फत काठमाडौं महानगरपालिका वडा नं. १ महेन्द्र शालिक चोक कमलादीमा निमार्ण गरेको ट्राफिक लाईट आज एक समारोहकाबीच ट्राफिक प्रहरी महाशाखालाई हस्तान्तरण गरेको छ ।
बैंकका संचालक समितिका सदस्य तथा हाम्रो विकास प्रर्वद्धन कोषका संयोजक सुरेन्द्र नेपाली, ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराई र काठमाडौं महानगरपालिका वडा नं. १ का वडा सदस्य अशोक कुमार श्रेष्ठद्धारा संयुक्त रुपमा ट्राफिक लाइटको उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट लगायत बैंकका विभिन्न पदाधिकारीहरु र मआनगरीय ट्राफिक प्रहरी वृतका विभिन्न पदाधिकारीहरुको उपस्थिति रहेको थियो । हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै ट्राफिक प्रहरी महाशाखाका प्रमुख भट्टराईले बैंकले गरेको कार्य निकै सराहनीय रहेको र बैंकप्रति धन्यवाद ज्ञापन गरेको छ ।
ट्राफिक लाईट जडान तथा संचालन भएसंगै महेन्द्र शालिक चोकमा राखिएको ट्राफिक लाईटको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले विश्वास लिएको छ ।













