२ कम्पनिको सेयरमूल्य समायोजन
काठमाडौ । २ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य आज बिहिबार समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि २ कम्पनिले बुक क्लोज गरेसंगै नेप्सेले नयाँ मुल्य समायोजन गरेको हो । श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ४४१.९७ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको १० प्रतिशत बोनस समायोजनपछि ४५४.४५ रुपैयाँ निर्धारण भएको छ । यहि मुल्यको आधारमा रहेर आजको कारोबार खुल्ने छ ।
हिजो बुधबार श्री इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४७६ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको ४९९.९० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।













