७ श्रावण २०८३, बिहिबार

गरिमा विकास बैंकको १६ प्रतिशत लाभांश घोषणा, १ दशकमा शेयरधनीले ११६ प्रतिशत बोनश पाए



काठमाडौं । गरिमा विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । आज बिहीबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजीको १६ प्रतिशतले हुने ६३ करोड १७ लाख ९ हजार २९६ रुपैयाँ बराबरको बोनश शेयर बितरण गर्ने घोषणा गरेको हो ।

This image has an empty alt attribute; its file name is image-1-17-768x539.png

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति गरेपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को भन्दा २ प्रतिशत बढाएर लाभांश वितरण गरेको हो । गत वर्ष बैंकले १३.५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत गरि कुल १४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकले ११ वर्षमा आफना शेयरधनीहरुलाई १ सय ६१ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले २० प्रतिशत देखि १० प्रतिशत सम्म बोनश शेयर वितरण गरेको हो । बैंकले आ व ६९/७० देखि २०७२/७३ सम्म लगातार ४ वर्षसम्म २० प्रतिशत लाभांश वितरण गरेको छ । आव ७४/७५ मा सबैभन्दा कम १० प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै गरी १ दशकमा बैंकले ४४.३६०५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस्तो छ आव २०६७।६८ देखि हालसम्म वितरण गरेको लाभांश :


प्रतिक्रिया दिनुहोस्