७ श्रावण २०८३, बिहिबार

एनएमबि बैंकको २६ औं बार्षिक साधारण सभा सम्पन्न, बैंकका शेयरधनी मालामाल



काठमाडौं । एनएमबि बैंको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा २६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

बैंकको सभाले आव २०७७–७८ को नाफाबाट हाल कायम चुक्त पूजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) गरी कूल १५.८ प्रतिशत लाभांश पारित गरेको छ ।

साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्व ३६ करोड रुपैयाँ बैंकले जनाएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड रुपैयाँ, निक्षेप १६६ अर्ब रुपैयाँ र कर्जा १५८ रुपैयाँ अर्ब रहेको छ ।

दि फिनान्सियल टाईम्स, लण्डनद्वारा “द्यबलप या त्जभ थ्भबच ब्कष्ब द्दण्द्दज्ञ” र “द्यबलप या त्जभ थ्भबच ल्भउब िद्दण्द्दज्ञ बाट यस बैंकलाई सम्मानित गरेको छ ।

उक्त अवार्ड शेयरधनीहरुले समय समयमा बैंकलाई दिनु भएको सुझाब एवं सल्लाह मुताबिक भएको परिणामको रुपमा लिँदै बैंकले कृतज्ञता ज्ञापन गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ गरि चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल २०१ वटा शाखा, १३८ एटिएम र ९ विस्तारित सेवाद्वारा उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्