७ श्रावण २०८३, बिहिबार

नेपालमा पनि फैलन थाल्यो ओमिक्रोन भेरियन्ट, थप २४ जनामा संक्रमण पुष्टि



काठमाडौं । थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गदै पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि उल्लेख गरिएको छ ।

पुस महिनामा संकलित कोरोना भाइरसका ११ सय ४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० वटामा एसजीन नेगेटिभ आएको थियो । जसमध्ये २४ जनामा ओमिक्रोन देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्