७ श्रावण २०८३, बिहिबार

एनआईबीएल एस क्यापिटलको आयोजनामा अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम संचालन



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तरक्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम संचालन भएको छ ।

उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पुस २३ गते प्रदेश स्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नं. 2 वीरगञ्जमा एक अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझाव समेत प्रदान गरेको छ । यस अघि यस्तै अन्र्तक्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बीनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्