७ श्रावण २०८३, बिहिबार

माघ ३ गतेदेखि एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर



काठमाडौं । एभरेष्ट बैंकले माघ ३ गतेदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गार्न लागेको हो । माघ ३ गतेबाट बैकले ८ वर्ष समय अवधी भएको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ निष्काशन तथा विक्री खुल्ला गर्ने छ ।

प्रक्तिकित्ता १ हजार रुपैयाँ अंकित २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न छ । जसमा ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सर्वसाधारणलाई र बाँकी रहेने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने बैंक्ले जानकारी दिएको छ । सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

इच्छुक आवेदकले ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ १७ गतेसम्म थप हुने छ ।

सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सकिन्छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित जनाउँछ ।


प्रतिक्रिया दिनुहोस्