मुक्तिनाथ विकास बैंक ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ बाट पुरस्कृत
काठमाडौं । कर्पोरेट क्लब द्धारा आयोजित “एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” को वित्तीय सेवाहरु को वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ ।
काठमाडौंमा पुष २३ गते आयोजना भएको कार्यक्रम बीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ । उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गर्नुभएको थियो । साथ,ै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।













