७३ अंकले बढेको बजारमा कुन-कुन कम्पनिका लगानिकर्ताले कमाए ?
काठमाडौं । साताको पहिलो दिन आज आइतबार ७३ अंकले उकालो लागेको छ । यस दिन ५१ कम्पनिका लगानिकर्ताले कमाएकाछन् । आइतबार सबैभन्दा बढि नेपाल हाईड्रो डेभलोपर्स कम्पनि र हिमालय उर्जा विकास कम्पनिका लगानिकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तैगरी युनियन हाईड्रोपावर लिमिटेड, मध्य भोटेकोशी जलविधुत कम्पनि, न्यादी हाईड्रोपारका लगानिकर्ताले कमाएका छन् । कम्पनिका लगानिकर्ताले क्रमश ९.९८, ९.९७, ९.४१ प्रतिशतका दरले कमाएका छन् । प्रोगेसिभ फाइनान्सको शेयरमुल्य ९.९३३ , आईसियफसि फाइनान्सको ९.२८, एचआईडिसियल कम्पनिको ९.२७ प्रतिशतको दरले बढेको छ ।














