७ श्रावण २०८३, बिहिबार

७३ अंकले बढ्यो शेयर बजार, ७ अर्ब १० करोडको कारोबार



काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार ७३ अंकले उकालो लागेको छ । नेप्से ७३.०१ अंकले बढेर परिसुचक २७६५.४७ अंकमा पुगेर बजार बन्द भएको छ ।

यस दिन सबै समुह बढेर हरियाली छाएको छ । दिनभर २ सय ३९ कम्पनिको १५ करोड ५८ लाख ६ सय २१ कित्ता शेयर ८२ हजार १ सय १३ पटक किनबेच हुदा ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५ सय ९१ रुपैयाँको कारोबार भएको छ ।

आज सबभन्दा बढि निर्जिवन विमा समुह बढेको छ । निर्जिवन विमा समुह ३७९.७७, जिवन विमा समुह २९५.११, फाइनान्स ११५, उत्पादन १३६, व्यापार १७१, विकास बैंक २५७, अन्य ६२ माईक्रोफाइनान्स ७०, हाईड्रोपावर १४८ बैकिङ्ग ३५ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्