७ श्रावण २०८३, बिहिबार

आइतबार थप ११६७ थप जनामा कोरोना संक्रमण



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या म्न्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ३२ जनामा गरिएको परिक्षणमा १ हजार १ सय ६७ कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय २४ जना निको भएका छन् भने २ जनाको ज्यान गएको छ । हाल देशभर ६ हजार ७ सय ५५ जना सक्तिय संक्रमित रहेका छन् ।

आइतबार थप भएका मध्य काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्