७ श्रावण २०८३, बिहिबार

हिमालयन बैंक गल्फ प्रतियोगिता २०२२ सम्पन्न



काठमाडौं । हिमालयन बैंक लि. गल्फ प्रतियोगिता २०२२ हालै रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुस २३ देखि २४ गते सम्म सु–सम्पन्न भएको छ । स्टेबल फोर्ड ३/४ ह्यान्डिक्याप विधामा संचालन भएको उक्त प्रतियोगितामा एआइजी. हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल हुनुभएको छ भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार हात पार्न सफल भएको छ ।

यसै गरी महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम हुनुभएको छ भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएको छ । विभिन्न विधामा सम्पन्न भएको उक्त प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएको छ ।

यसरी नै पुरुष जुनियर तर्फबाट टासी शेर्पाले २५ अंकका साथ बिजयी हुन सफल हुनुहुँदा महिला जुनियरको उपाधि सुश्री अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएको छ । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि श्री जयविर आर्चायले जित्नु हुँदा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जिते ।

बैंकले आयोजना गरेको उक्त प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको सहभागिता थियो । पुरस्कार वितरण समारोहमा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत संचालक विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएको थियो ।

उक्त प्रतियोगितामा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ, संचालक विजय बहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा, महाप्रबन्धक अनुप मास्के लगायत अन्य वरिष्ठ पदाधिकारीहरु सहित समाजका प्रतिष्ठित व्यक्तित्वहरु र प्रतिष्ठित व्यावसायिक छवि भएका व्यक्तिहरुको उपस्थिति रहेका थियो ।


प्रतिक्रिया दिनुहोस्