७ श्रावण २०८३, बिहिबार

महालक्ष्मी विकास बैंकको साधारण सभा स्थागित, अब कहिले हुन्छ ?



काठमाडौं । महालक्ष्मी विकास बैंकको साधारण सभा स्थगित भएको छ । बैंकको साधारण सभामा गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो । बैंकको पौष २५ गते (हिजो) हुने भनिएको २० औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो ।

बैंकले स्थगित भएको साधारण सभा माघ ३ गतेका दिन बोलाएको छ । बैंकको अब हुने साधारण सभा बैंकको केन्द्रिय कार्यालय, अन्नपूर्ण आर्केड २, दरबारमार्ग, काठमाडौँमा भर्चुअल माध्यमबाट बिहान १० बजे बोलाएको हो । यसअघि बैंकले पौष २५ गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकालीमा २० औं वार्षिक साधारण सभा बोलाएको थियो ।

बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत अर्थात ६६ करोड ८४ लाख ८० हजार ५४५ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत अर्थात ३ करोड ५१ लाख ८३ हजार रुपैयाँ नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रसतव पारित गर्नेछ ।

त्यस्तै, बैंकको सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहको तर्फबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पौष १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्