कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन
काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमुल्य समायोजन भएको छ । बैंकले हकप्रद निष्काशनको लागि बुक क्लोज गरेसंगै हकप्रद सेयरपछिको मुल्य समायोजन गरेको हो ।
नेप्सेले १५० प्रतिशत हकप्रद सेयरपछि सेयरमुल्य ४५४.८० रुपैयाँ कायम गरेको छ । यसैको आधारमा रहेर आज कारोबार सुरु हुने छ ।
बैंकले माघ ७ गतेदेखि बिक्री गर्नका लागेको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयर निष्काशन गदै छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन हिजो आइतबार बैंकको शेयर प्रतिकित्ता ९८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।













