७ श्रावण २०८३, बिहिबार

स्वास्थ्य सर्तकतासहित बैंक तथा वित्तीय संस्था संचालन गर्न राष्ट्र बैंकको निर्देशन




काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबार सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नु पर्ने भएको छ ।

कोरोना संक्रमणको नयाँ स्वरुपमा फैलिँदै गएको संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सर्तकतासहित बैंक तथा वित्तीय संस्थाको कारोबार सुचारु गर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त क, ख, ग, र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुले देहायका व्यवस्थाहरु अवलम्बन गरी पूर्ण सजगताका साथ कारोबार सुचारु गर्न गराउन हुन सम्बन्धित सबैको जानकारीको लागि नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ ।

नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्र्पकमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्युनिकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्नु पर्ने निर्देशन दिएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटिएम वोथहरुबाट हुनसक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी सेनिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्नु पर्ने छ ।

बैंक तथा वित्तीय संस्थाद्धारा संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर र्भच्युल माध्यमबाट गर्ने व्यवस्था मिलाउने भनिएको छ ।

यस्तो छ, राष्ट्र बैंकको निर्देशन :


प्रतिक्रिया दिनुहोस्